ad ad

सुदूरपश्चिम


बुढीगंगा : मतगणना अन्तिम चरणमा, मेयर–उपमेयरमा एमालेको अग्रता कायमै

मतगणना सम्पन्न ८ वडामध्ये ५ वटामा एमाले, ३ वटामा कांग्रेस विजयी
बुढीगंगा : मतगणना अन्तिम चरणमा, मेयर–उपमेयरमा एमालेको अग्रता कायमै

गोकुल जोशी
असार २६, २०७९ आइतबार ७:४७, काठमाडौँ

स्थानीय निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। 

मेयर उपमेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ हजार ४१९ मतगणना हुँदा मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ ३ हजार ८८१ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन्। खाती ७८० मतान्तरले पछाडि छन्। 

यस्तै, उपमेयरमा नेकपा एमालेकै मायाकुमारी खडका (कुँवर) ले ३ हजार ७ ५३ मतसहित अग्रता कायम राखेकी छन्। 

उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मत प्राप्त गरेकी छन्। उपमेयरामा ६०० मतको अन्तर छ।

१० वडा रहेको बुढीगंगाको ८ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये मतगणना सम्पन्न भएका वडा नम्बर १, २, ३, ९ र १० मा एमाले विजयी भएको छ।

यस्तै, वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ। अहिले  वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .