नेपाली कांग्रेस (बिपी) कञ्चनपुरको संयोजकमा प्रकाश बहादुर सिंह चयन भएका छन्। नेपाली कांग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लको उपस्थितीमा भएको भेलाले सिंहलाई संयोजक चयन गरेको हो।
यो सँगै चार दशक कांग्रेसको राजनीतिमा सक्रिय रहेका सिंह कांग्रेस बिपीमा प्रवेश गरेका छन्।
विसं २०३३ सालदेखि नेपाली कांग्रेसको राजनीति थालेका सिंहले विसं २०५२ सालदेखि दुई कार्यकाल कांग्रेस कञ्चनपुरको कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
सिंहको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ। समितिका सदस्यहरुमा कर्णबहादुर देउवा, नारायण प्रसाद बोहरा, धर्मराज जोशी, हसिना मगर, मिनबहादुर साउद, आनन्दी राना र हरिशंकर राना रहेका छन्।
समितिले पार्टी कार्यालय स्थापना गरी संगठन विस्तार गर्ने निर्णय गरेको छ।
भदौ १६ गते जिल्ला कार्य समितिलाई पूर्णता दिइने नेपाली कांग्रेस ( बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले बताए।
Shares
प्रतिक्रिया