ad ad

सुदूरपश्चिम


कांग्रेसबाट कारबाहीमा परेका ओझाको कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी

कांग्रेसबाट कारबाहीमा परेका ओझाको कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी

गोकुल जोशी
असोज २१, २०७९ शुक्रबार २१:३, कञ्चनपुर

नेपाली कांग्रेसबाट कारबाहीमा परेका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले छोडेको कैलाली ५ मा ओझा स्वतन्त्र उम्मेदवार बन्ने भएका हुन।

उनले शुक्रबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै कैलाली ५ मा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

‘कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताका माझ साझा उम्मेदवार भएर भोट माग्न जाँदैछु,’ उनले भने, ‘यहाँका मतदाताले जिताउने विश्वास लिएको छुँ ।’

कांग्रेस नेत्री राणा कैलाली ५ मा एकल सिफारिस भएकी थिइन्। अन्तिममा उनी प्रत्यक्ष चुनाव नलडेर समानुपातिकतर्फ लागेकी छन्।

०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट पहिलो पटक संसदीय चुनाव ‘फेस’ गरेकी राणाको वाम गठबन्धनबाट उम्मेदवार एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतले पराजित भएकी थिइन्।

०७४ सालमा कैलाली ५ बाट आकांक्षी रहेका ओझाको टिकट खोसेर आरजुलाई चुनावमा उतारिएको थियो।

०७० सालको संविधान सभाको उपनिर्वाचन जितेका ओझा ०७४ मा टिकट नपाएपछि असन्तुष्ट बनेका थिए। ओझाकै कारण आरजुको पराजय भएको भन्दै कांग्रेसले उनलाई कारबाही गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .