ad ad

सुदूरपश्चिम


भारतलाई खुसी पार्न नसके सत्ता डगमगाउने मानसिकतामा सरकार छ : दामोदर भण्डारी

भारतलाई खुसी पार्न नसके सत्ता डगमगाउने मानसिकतामा सरकार छ : दामोदर भण्डारी

नेपालखबर
फागुन २०, २०७९ शनिबार १६:०, काठमाडौँ

निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशी विदेशी प्रतिक्रियावादी शक्तिको चलखेलमा नेकपा एमालेलाई सत्ताबाट हटाएको टिप्पणी गरेका छन्।

अनेरास्ववियु कञ्चनपुरले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रीय विशेष भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले देशको भलो नचिताउने शक्ति राष्ट्रहरुको चलखेलमा एमालेलाई सत्ताविमुख गराइएको बताए।

‘देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरुले आफ्नो स्वार्थ अनुकुल काम गराउन नेपाललाई प्रयोगशाला बनाउने चलखेल भइरहेका छ,’ उनले भने, ‘राजनीतिक अस्थिरता निम्त्याउन शक्ति राष्ट्रकै चलखेलमा एमालेलाई सत्ताबाट बहिर्गमन गराइएको छ।’

एमाले विरुद्धको आठ दलीय गठबन्धन धेरै नटिक्ने समेत उनले दाबी गरे। नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष समेत रहेका भण्डारीले देशमा व्यापार घाटा चुलिएको बताए।

‘हामीले अन्य देशका उत्पादन मात्रै नेपाली मुद्राले किन्नु परेको छ, हामी निर्यात गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘अर्थतन्त्र तरल अवस्था छ, यहीँ अवस्था देशी विदेशी शक्तिको चलखेलले देशलाई कहाँ पुर्‍याउँछ?’

भारतलाई खुसी पार्न परीक्षण विनै खाद्य वस्तु भित्र्याउने काम भइरहेको उनले बताए।

अहिलेको आठ दलीय गठबन्धन भारतलाई खुस बनाउन नसकिए सत्ता डगमगाउने मानसिकताका साथ अघि बढेको भण्डारीको आरोप छ।

‘भारतलाई खुसी बनाउन सकिन भने सत्ता डगमगान छ कि, कुर्सी हल्लिछ भन्ने मानसिकतामा अहिलेको आठ दलीय गठबन्धन अगाडि बढ्न खोजेको छ,’ उनले भने, ‘एमालेलाई यो कुरा मञ्जुर छैन, यो धेरै दिन टिक्ने वाला छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .