नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको आरोप लगाएका छन्।
स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन्।
‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ ओलीले भने, ‘३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो। स्वाधिनतालाई अस्वीकार गर्न खोजेको हो? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ? विश्वविद्यालयको नाममा विदेशीको खेल मैदान बनाउन खोजेको हो।’
मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय खोल्न खोजेर खास उद्धेश्यका मान्छे मात्र त्यहाँ बसोवास गर्न खोजेको उनले बताए। उनले सो कुरा खतरनाक भएको भन्दै सचेत पनि गरेका छन्।
ओलीको भनाई जस्ताको तस्तै–
कतिपय राष्ट्रिय विषयहरु छन्। मुस्ताङमा विश्वविद्यालय भनेको के हो? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो। ३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो। राष्ट्रको सार्वभौमसत्ता र स्वाधिनतालाई अस्वीकार गरेको हो। के हो त? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ? विश्वविद्यालयको नाममा अर्थोक नै गरेको हो। विदेशीहरुको खेल मैदान बनाउन खोजिएको हो। त्यहाँको युरेनियम त्यसमा ध्यान दिएको हो। त्यहाँबाट ३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाट अघि बढाएको हो। त्यही कुरा मार्फाको छेउमा थियो। त्यहाँबाट अब लिएर डोभानथाङभन्दा माथि लाने। जहाँ मान्छे छैन त्यहीँ विश्वविद्यालय लिएर जाने। यसको मतलब भनेको खास उद्धेश्यका पेड मान्छेहरु मात्र त्यहा बस्छन्। र यो एउटा बहुतै खतरनाक कुरा हो। यस्ता अनेक कुराहरु छन्।
Shares
प्रतिक्रिया