ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा ८० वर्षीया वृद्धा बलात्कृत

कञ्चनपुरमा ८० वर्षीया वृद्धा बलात्कृत

नेपालखबर
बैशाख ३, २०८० आइतबार १५:१४, कञ्चनपुर

कञ्चनपुरमा ८० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

दोधारा चाँदनी नगरपालिका–७ टाउँके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान थालेको छ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक अर्जुनसिंह साउदले ती वृद्धा केही दिनदेखि वडा नं. ७ मै रहेको छोरी–ज्वाइँको घरमा आउजाउ गरिरहेको बताए।

‘छोरी–ज्वाइँ गहुँ काटने बेला नाति–नातिनीको हेरविचार गर्न बिहानै आउने र खाना खाएपछि फर्किने गरेको बताएकी छन्,’ उनले भने, ‘क्षेत्रीले घरमै गएर बलात्कार गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। हामीले घटनास्थलबाटै पक्राउ गरी क्षेत्रीलाई हिरासतमा लिएका छौँ।’

पीडित महिला र पिडक दुवै जनाको महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। आज म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साउदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .