ad ad

कारोबार


महासंघको कोषाध्यक्षका लागि चारजनाको उम्मेदवारी

महासंघको कोषाध्यक्षका लागि चारजनाको उम्मेदवारी

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १५:१९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष बन्न ४ जनाले उम्मेदवारी दिएका छन्।

चन्द्र ढकाल नेतृत्वको कार्यसमिति सदस्यहरुले मतदान गर्ने निर्वाचनमा ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका हुन्। 

कार्यसमिति सदस्यमा निर्वाचित निरक केसी, प्रवलजंग पाण्डे, गोपाल खनाल र सन्दीप गाडियाले उम्मेदवारी दिएका हुन्। 
 

केसी अध्यक्ष ढकालनिकट हुन् भने पाण्डे वरिष्ठ उपाध्यक्षनिकट हुन्। पाण्डेले अञ्जनको टिमबाट एशोसिएटमा उम्मेदवारी घोषणा गरे अन्तिममा फिर्ता लिएका थिए। 

मेगा कलेज र मेगा बैंकमा सेयर रहेका गोपाल खनाल चण्डी ढकालनिकट रहेका छन्। सन्दीप गाडिया वरिष्ठ उपाध्यक्षमा पराजित रामचन्द्र संघाई नजिकका व्यवसायी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .