ad ad

सुदूरपश्चिम


बाघले लगेकी महिला भेटिइनन्

बाघले लगेकी महिला भेटिइनन्

बाघले लगेकी महिला खोजी गरिँदै।


नेपालखबर
बैशाख ९, २०८० शनिबार ६:५५, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघले लगेकी महिला भेटिएकी छैनन्।

शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन्।

शुक्रबार दिनभर प्रहरी र स्थानीयले खोजी गरे पनि उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए। 

शुक्रबार बिहान ११ बजेतिर चार/पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो। 

‘हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ’, प्रवक्ता डाँगीले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .