कञ्चनपुरमा अनधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने थप दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१३ बडैपुर र भीमदत्त–९ ब्रह्मदेवबाट एक जना भारतीयसहित दुई जनालाई औषधीसहित पक्राउ गरिएको हो।
बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिइ औषधी पसल सञ्चालन गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र ब्रहमदेवमा औषधी पसल सञ्चालन गर्ने भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले शुक्रबार उनीहरुको पसलमा छापा हानेको थियो।
यसअघि पनि दोधारा चाँदनीमा अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी उपचार गर्ने ९ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
51
Shares
प्रतिक्रिया