ad ad

सुदूरपश्चिम


दार्चुलामा चक्कुले हानेर ८५ वर्षीया वृद्धाको हत्या, घरनजिकै खोल्सामा भेटियो शव

दार्चुलामा चक्कुले हानेर ८५ वर्षीया वृद्धाको हत्या, घरनजिकै खोल्सामा भेटियो शव

फाइल तस्बिर : भागरथी चन्द


नेपालखबर
भदौ ११, २०८० सोमबार १४:२६, कञ्चनपुर

दार्चुलामा एक जना एकल वृद्धाको हत्या भएको छ। मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दलाई चक्कुले हानेर मारिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार वृद्धाको शव सोमबार घरभन्दा २ सय मिटर पर खोल्सामा फेला परेको छ।

चन्दको घाँटी र छातीमा चक्कु प्रहार भएको छ। वृद्धा टोपालीस्थित घरमा एक्लै बस्थिन्। शनिबारदेखि उनी सम्पर्कविहीन भएपछि आफन्तले आइतबार प्रहरी चौकीमा निवेदन दिएका थिए।

उनको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

‘प्रारम्भिक रुपमा हेर्दा हत्याजस्तो देखिन्छ, हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘पोस्टमार्टम रिपोर्टले पनि थप खुल्ला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .