ad ad

सुदूरपश्चिम


बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर

बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर

नेपालखबर
भदौ २१, २०८० बिहिबार २१:५०, काठमाडौँ

चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ।

आज मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो। 
    
आक्रमणबाट गम्भीर घाइते भएकी पूजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली ल्याइएको थियो। मेलौलीमा उपचार हुन नसक्दा अपराह्न थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ।

सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा सञ्जीन केसीले बताए। घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ।

‘बेहोसमा रहेकी पूजा होसमा आएकी छन् तर सिटिस्क्यान गर्नुपर्ने देखियो। हामी कहाँ उक्त सुविधा नभएकाले डडेल्धुरा रेफर गरेका छौँ,’ उनले भने।

गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पूजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर–३ का वडाध्यक्ष मीनबहादुर चन्दले बताए।

आक्रमणपछि चितुवाले पुजालाई तीन सय मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयवासीले होहल्ला गरेपछि छाडेको थियो। चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन्।

तल्लोस्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .