दार्चुलामा शुक्रबार बिहान बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा सडकबाट अन्दाजी २५ मिटर तल खसेको हो।
दुर्घटनामा दार्चुलाको दुहुँ गाउँपालिका–५ का ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ का ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला अस्पताल लगिएको छ।
बसका चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका ३६ वर्षीय महेश भट्टसहित अन्य १४ घाइतेको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया