नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमका सांसद घनश्याम चौधरीलाई निलम्बन गरिएको छ।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको बैठकले चौधरीलाई ३ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो।
चौधरीलाई निलम्बन गरिएको विषयमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका सभामुख भीम बहादुर भण्डारीलाई पत्र लेखेकी छन्।
चौधरी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता थिए। केही दिनअघि मात्र उनलाई हटाएर रञ्जिताले संसदीय दलको नेतामा आफूनिकट कैलाश चौधरीलाई ल्याएकी थिइन्।
रेशमको जोडबलमा आफूविरुद्ध लाग्ने सुदूरपश्चिमका सांसदलाई रञ्जिताले एकपछि अर्को कारबाही गरिरहेकी छन्। यसअघि समानुपातिक सांसद इन्द्रिरा गिरीलाई कारबाही गरिन्।
नाउपाका ७ सांसदमध्ये ५ सांसद रेशमको जोडबलमा रञ्जिताको निर्देशनविपरीत सुदूरपश्चिम सरकारमा सामेल भएका थिए।
सांसद रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधिएको छ। लक्ष्मणकिशोर चौधरी र खुसीराम डगौँरालाई पत्रमार्फत सचेत गराइएको रञ्जितानिकट एक नेता बताउँछन्।
Shares
प्रतिक्रिया