ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा घाँस काटिरहेका बेला बाघले आक्रमण गर्दा २३ वर्षीया युवतीको मृत्यु

कञ्चनपुरमा घाँस काटिरहेका बेला बाघले आक्रमण गर्दा २३ वर्षीया युवतीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८१ बिहिबार ११:३०, कञ्चनपुर

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो। 

शाह विवाहित महिला हुन्।

घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .