ad ad

सुदूरपश्चिम


कैलालीमा बसले ठक्कर दिँदा ८४ वर्षीय वृद्धको मृत्यु

कैलालीमा बसले ठक्कर दिँदा ८४ वर्षीय वृद्धको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ८, २०८१ मंगलबार ८:३६, कञ्चनपुर

कैलालीमा बसको ठक्करले वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति बसले ठक्कर दिँदा गौरीगंगा नगरपालिका–७ कम्दाका ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको हो।

गौरीगंगा नगरपालिका-९ मसुरियास्थित भित्री सडकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ क २४६४ नम्बरको बसले बमलाई बाटो पार गर्ने क्रममा ठक्कर दिएको थियो।

त्यसपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल स्थानीय मेडिकल मसुरियामा लगियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएका बमको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .