ad ad

सुदूरपश्चिम


रविको तस्बिर र चुनाव चिन्ह झुण्डाएपछि रास्वपाले गड्डाचौकीमा राख्न पाएन ‘हेल्प डेस्क’

रविको तस्बिर र चुनाव चिन्ह झुण्डाएपछि रास्वपाले गड्डाचौकीमा राख्न पाएन ‘हेल्प डेस्क’

नेपालखबर
असोज १६, २०८१ बुधबार २०:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डाचौकीमा नागरिक सहायता कक्ष राख्न खोज्दा प्रशासनले अवरोध गरेको छ।

बुधबार रास्वपाका कार्यकर्ताले राजनीतिक दलको ब्यानर र चुनाव चिन्ह अंकित ब्यानर राखेर सहायता कक्ष राख्न खोजेपछि सुरक्षाकर्मीले रोकेका हुन।

चाडबाड लक्षित गरेर भारतबाट स्वदेश फर्कने नेपालीलाई सहायताका लागि कक्ष राख्न खोज्दा प्रशासनले अवरोध गरेको रास्वपा सुदूरपश्चिमका इन्चार्ज ज्ञानेन्द्र महताले बताए।

उनका अनुसार भारतबाट फर्कनेलाई शुद्ध पिउने पानी र प्राथमिक उपचारको व्यवस्थासहित सहायता कक्ष राख्ने तयारी थियो। रास्वपाले कैलालीको गौरीफन्टा नाकामा सहायता कक्ष सञ्चालनमा ल्याएको उनको भनाइ छ।

बुधबार गड्डाचौकीमा सुरक्षाकर्मीहरुले सहायता कक्ष राख्न नदिएपछि रावस्पा नेता कार्यकर्ताले प्रशासनको ध्यानाकर्षण गराएका छन्। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सीडीओ नारायण प्रसाद सापकोटासँग मौखिम सल्लाहपछि नागरिक सहायता कक्ष राख्न खोजिएको रास्वपा सुदूरपश्चिम इन्चार्ज महताको दाबी छ।

सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै रास्वपा कार्यकर्तालाई राजनीतिक दलको नामसहित चुनाव चिन्ह अंकित ब्यानर राखेर सहायता कक्ष सञ्चालन गर्न रोकेका थिए। ब्यानरमा रास्वपा सभापति रवि लामिछानेको तस्बिर पनि राखिएको छ। 

सुरक्षाकर्मीको अवरोधपछि रास्वपाले बुधबार सहायता कक्ष राख्ने कार्य स्थगित गरेको थियो। नागरिकको सेवा भन्दा पनि राजनीतिक दलको ब्यानर र चुनाव चिन्ह राखेर प्रचारबाजी गर्न खोजेको आरोप छ। 

प्रशासनको ध्यानाकर्षण गराउन पुगेका रास्वपा नेता कार्यकर्तालाई पार्टीको ब्यानर नराखेर नागरिकको सेवाका सहायता कक्ष राख्न सकिने प्रशसनले भनेको छ। 

‘पार्टीको ब्यानर हटाएर नागरिकको सेवाको लागि सहायता कक्ष राख्न सकिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .