एक्लै बहुमत ल्याउने दाबी गरेका केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले ९० बढी क्षेत्रको अन्तिम परिणाम आउदा २१ सिटमात्र जितेको छ। २१ मध्येमा सुदूरपश्चिमबाट पहिलो जित निकाल्दै बैतडीका नेता दामोदर भण्डारीले तेस्रो पटक संघीय संसदको यात्रा तय गरेका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवरलाई १ हजार ५ सय ३१ मतले पछि पार्दै कुँवरले तेस्रोपटक संसदको यात्रा तय गरेका हुन्।
उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादीका नरेन्द्रबहादुर कुवँरलाई पराजित गराएका हुन्। कुँवरको भन्दा १ हजार ५३१ मतले पछि पार्दै कुवँर ३२ हजार ८० मतमा रोकिएका हुन्।
विजयी भएका भण्डारी एमाले सुदूरपश्चिमका अध्यक्ष पनि हुन्। एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेका सुदूरपश्चिमका नेता प्रेम आले, शेरबहादुर कुँवर र भानुभक्त जोशीले जित निकाल्दा एमालेले भने पहिलो जित निकालेको हो। आले डोटी, कुँवर अछाम–१ र जोशी बझाङबाट निर्वाचित भएका हुन्।
निर्वाचित भएका एमालेका भण्डारीले २०७० को संविधान सभाको निर्वाचनमा कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरेका थिए। त्यस्तै, २०७४ मा कांग्रेसकै नरबहादुर चन्दलाई पराजित गर्दै विजयी भएका थिए।
कमजोर नतिजा सार्वजनिक भइरहँदा सुदूरपश्चिम प्रदेशमा भण्डारीले दिलाएको जितलाई महत्वपूर्ण जितको रुपमा लिएको छ।
कांग्रेसलाई स्वतन्त्र घाँडो
सत्ता गठबन्धनका उम्मेदवार कुँवरलाई स्वतन्त्र उम्मेदवार केशबहादुर चन्द घाँडो बने। चन्दले नेपाली कांग्रसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनले १ हजार ७२८ मत प्राप्त गरे।
Shares
प्रतिक्रिया