ad ad

सुदूरपश्चिम


वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ७:३७, कञ्चनपुर

वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओड बिहीबारदेखि इलाका प्रहरी कार्यालय झलारी (कञ्चनपुर) को नियन्त्रणमा छन्।

ओडले बिहीबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले नेपालखबरलाई जानकारी दिए।

ओडविरुद्ध जिल्ला अदालतबाट ५ दिनको हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।

गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा जाहेरी दिएकी थिइन्।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गराएको थियो।

उनी सांगीतिक कार्यक्रममा देश बाहिर थिए।

बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा ओड आफैँ उपस्थित भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .