सुदूरपश्चिम सत्ता गठबन्धनमा रहेर पनि असन्तुष्ट नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा सामेल हुने भएको छ।
रिक्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिबाट मन्त्री नियुक्ति गर्ने तयारी मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम मुख्यमन्त्री शाहलाई पठाइसकेको नागरिक उन्मुक्तिका एक नेताले बताए।
उनीहरु सोमबार (आज) मन्त्रीमा नियुक्त हुन सम्भावना छ। गत जेठमा सरकार विस्तारका क्रममा उन्मुक्तिको भागमा कृषि मन्त्रालय परेको थियो।
तर असन्तुष्टि जनाउँदै उन्मुक्ति सरकारमा सामेल भएको थिएन। सत्तारुढ गठबन्धनभित्र उन्मुक्तिले दुई पूर्ण र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको थियो।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि भागबन्डामा असन्तुष्ट हुँदै सरकार बाहिर बसेको उन्मुक्ति अहिले भित्रिन लागेको हो।
Shares
प्रतिक्रिया