थाइल्यान्डको जीपीएक्स ब्रान्ड पनि यसपटकको नाडा अटो शोमा सहभागी भएको छ। नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता ओमेगा मोटरकर्प प्रालिले अटो शोमा विभिन्न मोडलमा मोटरसाइकल भित्र्याएको छ। कम्पनीको स्टलमा दर्शकहरुको समेत घुइँचो देखिएको छ।
कम्पनीले नयाँ मोडलमा रेजर २२०, रेजर २०० र लिजेन्ट १५० सार्वजनिक गरेको ओमेगाका डिपार्टमेन्ट हेड सञ्जय झाले जानकारी गराए। उनका अनुसार यसको मूल्य क्रमशः चार लाख ९९ हजार सात सय, चार लाख ७७ हजार सात सय, तीन लाख ५७ हजार सात सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
गत वर्षदेखि नेपाली बजारमा बजारमा बिक्री सुरु गरिएको उक्त ब्रान्डले २ सय सीसीको लिजेन्ड, २ सय सीसी जेन्टलम्यान र १ सय ५० सीसीको डेमोन बजारमा बिक्री गर्दै आएको छ। नेपालमा युवा पुस्ता सुहाउँदो मोटरसाइकल भएकोले राम्रो बजार पाउने झा बताउँछन्।
कम्पनीले लिजेन्डको चार लाख ६३ हजार सात सय, जेन्टलम्यानको चार लाख ८३ हजार ७ सय र डेमोनको ३ लाख ९३ हजार ७ सय रुपैयाँ मूल्यमा बिक्री गर्दै आएको छ।
प्रतिक्रिया