ad ad

अटो


अटो क्षेत्रका सफल व्यवसायी दिपेन्द्र मिश्र

अटो क्षेत्रका सफल व्यवसायी दिपेन्द्र मिश्र

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ११:४,

सन् २००४ देखि व्यवसाय सुरु गरेका दिपेन्द्र मिश्र अटो सेक्टरमा काम गर्ने सफल व्यवसायी हुन्। सत्यदिप इन्टरनेश्नल प्रालिका म्यानेजिङ डाइरेक्टर रहेका उनले बोस्क सर्भिस सेन्टरबाट व्यवसाय सुरु गरेका थिए।

उनले व्यवसाय सुरु गर्दा खुल्ला सीमाको कारण नेपालमा अटोपार्टसमा काम गर्न सजिलो थिएन। सरकारले विस्तारै सीमामा कडाइ गर्दा नेपालमा ‘फेयर बिजनेस’ गर्न सहज भएको छ। तर अझै पनि केही परिमाणमा भन्सार छलेर नेपाल सामग्री आउँदा प्रतिस्पर्धाको लागि अप्ठ्यारो रहेको उनी बताउँछन्।

अटोपार्टसका सामग्री ल्याउँदा भन्सार विभागले झुलाउने गरेको दिपेन्द्र बताउँछन्। भन्सारमा प्रविधिक ज्ञान भएको कर्मचारी नहुँदा मूल्यांकनमा समस्या रहेको उनको बुझाइ छ।

नेपालमा जेनुन पार्टसकै नक्कली सामग्री भित्रिने गरेका छन् तर ग्राहकले नक्कली पार्टस् चिन्न नसक्दा ठगिने गरेको उनले बताए।

‘मान्छेलाई राम्रै सामग्री लगाएको छु भन्ने हुन्छ तर नक्कली पर्छ। कुन सक्कली हो, राम्ररी हेरेर मात्र प्रयोग गर्नुपर्छ। आधिकारिक बिक्रेतामार्फत किन्दा ठगिने डर कम हुन्छ। पार्टसको बारेका गुगल सर्च गर्दा पनि कुन राम्रो भन्ने थाहा हुन्छ’, उनी भन्छन्। 

अहिले नेपालभर १४ सयभन्दा बढी काउन्टरबाट कारोबार भइरहेको दाबी गर्छन् उनी। ‘यसमा आधा बढी हरेक महिना सामान माग गर्ने गर्छन् भने अरु आफूलाई चाहिँदा हाम्रा पार्ट अडर गर्ने गरेका छन्’, उनले भने।

नेपालको हरेक ठाउँमा उनले बिक्री गर्ने बाण्ड उपलब्ध हुन्छ।

बोस्क, हेला, डीआईडी, सेलर, कोम्पो, जीएफ इन्डिया, आई स्पेयर्स लगायत माल्टिनेशनल कम्पनीको सामग्री नेपालमा बिक्रीवितरण गर्दैै आएको छ। त्यस्तै माभोक्स हेलमेट, डिभ्योल लुब्रिकेन्टस्, फेम लाइटिङ, माकिनो क्लच एण्ड ब्रेक, आईएमबी ब्यारिङ लगाएत कम्पनीको नेपालको लागि सत्यदिप इन्टरनेश्नल आधिकारिक विक्रेता हो।

दुई पांग्रे, तीन पांग्रे, चार पांग्रेसहित सवारीका लागि चाहिने पार्टस पुर्जा सबै पार्ट भएको बताउँछन्। गाडीलाई चाहिने फास्ट मुभिङ आईटमहरु ब्रेक प्याड, ब्रेक शु, फिल्टर, कुलेन्ड, वाईपर सबै सामाग्री नेपाल भर बिक्रीवितरण गर्दै आएको छ।

dipppp

बोस्क मुख्य बिजनेस
बोस्क जर्मनी कम्पनी हो। भारतमा यसको १६ वटा म्यानुफेक्चरिङ प्लान्ट छ। त्यसमध्ये सत्यदिपले बोस्क डिजेल सेगमेन्टको वाईपर प्लेट, बल्ब, हर्न, ब्याट्री, लुब्रिकेन्ट, फ्युल इन्जेक्सन पम्पको पार्टस र सर्भिस सेन्टर नेपालभर रहेको छ। कम्पनीले काठमाडौंमा र इटहरीमा आफ्नै सर्भिस सेन्टर राखेको छ भने अन्य ठाउँमा डिस्ट्रिब्युटरमार्फत सेवा दिइरहेको छ। कम्पनीको ४० प्रतिशत व्यापार बोस्कको मात्रै रहेको छ।

उनले ग्राहक दुईथरिका हुने बताउँछन्। एउटा ग्राहक आफैँ पार्टस किन्न जान्छन् भने अर्को मेकानिक्सले जे भन्यो त्यही प्रयोग गर्छन्। बोस्क पुरानो र लोकप्रिय बाण्ड हो त्यसैले ग्राहकले यसको छनोट बढी गर्ने गरेको उनको बुझाइ छ।

'दुईपांग्रेमा एग्रेसिभ छौं' 
उनले विगत दुई वर्षदेखि दुईपांग्रेमा एग्रेसिभ लागेको बताएका छन्। दुई पांग्रेमा चेसिसबाहेक मोटरसाइकललाई चाहिने सबै सामग्री उपलब्ध छन्। लाइट सिस्टम, ब्याट्री सिस्टम, हर्न, मिरर, स्विचलगायत सबै सामग्री नेपालभर डिस्ट्रिब्युट गर्छन्।

दुईपांग्रेमा १०० सीसीदेखि २५० सीसीसम्मका सबै बाइकको स्पेयर पार्टस पाउँछ। डीआईडी, ब्रेक र क्लचमा मेकिनो, हेडलाइटमा फेम, इलेक्ट्रोनिक स्विचमा सन्धार, केबलमा रेम्सन, आईएसपीलगायतका सबै रेन्जका बिग्रिने र खिएर जाने पार्टस सत्यदिप कम्पनीले गर्दै आएको छ।

dipendra fea 2

मेभोक्स हेलमेट स्टाइलिस र सेफ्टी
मेभोक्स हेलमेटले स्टाइलिस र सेफ्टीलाई बढी ध्यान दिएको छ। पहिला हेलमेट लगाउँदा ट्राफिकलाई देखाउनको लागि लगाउने गरिन्थ्यो। तर अहिले फेसनको रुपमा पनि विकास भएको मिश्रको भनाइ छ।

मेभोक्स भारतमा एक वर्षअघि सुरु भएको कम्पनी हो। यसका सात मोडल आइसकेका छन्। यो इन्डियन साथै युरोपियन स्ट्यान्डर्ड हेलमेट हो।

हेलमेट व्यवसाय पैसा कमाउनको लागि मात्रै नभएर राइडरको सेफ्टीको लागि महत्वपूर्ण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .