नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई विन्टर डिलाइट' योजना ल्याएको छ।
यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, नि:शुल्क १ वर्षसम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस स्पाेट एक्सचेन्ज तथा मूल्याङ्कनको सुबिधा र एक वर्ष सम्मको निशुल्क सडक कर समेत प्राप्त गर्न सक्नेछन्।
साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने जानकारी दिएको छ।
3
Shares
प्रतिक्रिया