ad ad

अटो


नाडा प्रतिनिधि मण्डल र राष्ट्र बैंकका गभर्नरबीच छलफल

नाडा प्रतिनिधि मण्डल र राष्ट्र बैंकका गभर्नरबीच छलफल

नेपालखबर
पुस १६, २०७६ बुधबार १२:११,

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटघाट गरेको छ।

भेटमा नेपाल राष्ट्र बैंकले यही पौष ८ गते ल्याएको क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६, ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ।

नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञाशा राखेको सन्दर्भमा गभर्नर नेपालले यसबारे स्पष्ट पार्दै अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ भएको बताउँदै आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भईसकेको बताए।

उनले नेपालको निर्यात बढ्न नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटान्स समेत घटिरहेको भन्दै चिन्ता प्रकट गरे। सोही छलफलको क्रममा उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेण्टसगरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिए।

व्यवसायी, बैङ्क तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दै यो निर्देशन ल्याइएको गभर्नर नेपालले बताए। छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .