ad ad

अटो


विश्वका ९० देशमा उपलब्ध मोटुल लुब्रिकेन्ट चार वर्षयता नेपालमा

विश्वका ९० देशमा उपलब्ध मोटुल लुब्रिकेन्ट चार वर्षयता नेपालमा

नेपालखबर
माघ २२, २०७६ बुधबार ५:४०,

मोटुल विश्वमै सबैभन्दा बढी रेन्जका लुब्रिकेन्ट उत्पादन गर्ने इतिहास बोकेको कम्पनी हो। मोटुल सन् १८५३ मा स्थापना भएको फ्रेन्च कम्पनी लुब्रिकेन्टमा विश्वमा चर्चित कम्पनी रहेको छ।

अहिले विश्वका ९० भन्दा बढी देशमा यसको कारोबार रहेको कम्पनीको युरोपमा मात्रै २० प्रतिशत बजार हिस्सा ओगटेको बताएको छ। मोटुल लुब्रिकेन्टले डिजेल, पेट्रोल, औद्योगिकलगायत सबै उत्पादन गर्छ। मोटुलको विश्वभर विशेष प्रोडक्टको रुपमा ‘सेन्थेकिट लुब्रिकेन्ट’ चिनिएको छ ।

नेपालमा विशाल ग्रुपले बेच्छ माेटुल
नेपालमा मोटुल ब्रान्डको आधिकारिक वितरकको रुपमा विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्स रहेको छ। करिब चार वर्षअघि विशाल ग्रुपले मोटुल लुब्रिकेन्ट नेपालमा बिक्री गर्न थालेको हो। हाल नेपाल भर एक सय भन्दा बढी रिटेल मार्फत यसको कारोबार भइरहेको छ। नेपाली बजारमा मिनरल, सेमी सिन्थेटिक र सिन्थेटिकका सबै लुब्रिकेन्ट्स उपलब्ध छन्।

नेपालमा मोटुल लुब्रिकेन्ट संघर्षकै अवस्थामा रहेको विशाल ग्रुपका पुरुषोत्तम पौडेलले बताउँछन्। दुईपांग्रे सवारीको लागि आवश्यक सबै लुब्रिकेन्ट नेपाली बजारमा रहेको छ। हाम्रोमा नर्मल लुब्रिकेन्टदेखि सेन्थेटिक लुब्रिकेन्ट सबै नेपालमा उपलब्ध छ। पेट्रोलको कार सेगमेन्टमा बीएम डब्लु, भल्कस्वेगन, रिनो, डस्टरलगायतको गाडीको लागि मोटुल प्रयोग हुँदै आएको छ। पेट्रोल सेगमेन्टका सबै साधनको लागि मोटुल लुब्रिकेन्ट नेपाली बजारमा रहेको पौडेलको भनाइ छ।

केही वर्षअघि नेपालमा लुब्रिकेन्टमा खासै प्रतिस्पर्धा थिएन, एकाध कम्पनीको एकक्षत्र राज थियो। तर अहिले आएर अटो बजारको विस्तारसँगै मार्केटमा थुप्रै लुब्रिकेन्टस ब्रान्डहरू छन्। नेपालमा अझै पनि धेरै उपभोक्ताहरूलाई लुब्रिकेन्ट्सबारे खासै जानकारी छैन। कम्पनीहरूले डिलर, काउन्टर र वर्कशपहरूलाई विभिन्न स्किमको प्रलोभन देखाएर बिक्री गर्ने गरेका छन्।

‘हाम्रो गुणस्तरको वा हामीबराबरको लुब्रिकेन्ट नै छैन। नेपाली बजारमा भएका लुब्रिकेन्टभन्दा हामी धेरै राम्रो छौं’, पौडेलले भने। भारतीय बजारमा राम्रो पर्फमेन्स गरेको डिजेल सेगमेन्टका मोटुल लुब्रिकेन्ट अब नेपालमा भित्र्याउने योजना बनाएको उनले बताए।

उनले भने, ‘डिजेल सेगमेन्टमा ८० हजार किलोमिटरसम्मको लुब्रिकेन्ट रहेको छ। त्यसको अलावा हेभी इक्विप्मेन्ट र औद्योगिक प्रयोजनका लागि प्रयोग लुब्रिकेन्ट पनि भित्राउँदै छौं। मोटुल फुल रेन्जमा आउँदै छ।’

पौडेलले मोटुल गुणस्तरमा विश्वास गर्ने बताउँछन्। गुणस्तरका आधारमा खरिद गर्दा सुरुमा अन्य लुब्रिकेन्टभन्दा अलिकति महंगो पर्न गए पनि फ्युचरमा युजेजको आधारमा मोटुल अझ सस्तो पर्न कम्पनीको विश्वास छ।

मोटुल सेन्थेटिक लुब्रिकेन्ट्सको आविष्कार पनि हो। सुलभ मूल्यमा गुणस्तरीय लुब्रिकेन्ट्स प्रदान गर्नु नै मोटुलको मुख्य विशेषता रहेको कम्पनीले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .