ad ad

खेल


ओमानविरुद्ध १९ ओभरमा ५७ रन दिँदै नेपालले लियो ५ विकेट

ओमानविरुद्ध १९ ओभरमा ५७ रन दिँदै नेपालले लियो ५ विकेट

लक्ष्मी जि.सी
माघ २२, २०७६ बुधबार ५:१९,

घरेलु मैदानमा पहिलो पटक एक दिवसीय क्रिकेट खेलेको नेपालले राम्रो शुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले यो १९ ओभरकाे समाप्तिमा ५ विकेट लिएर ५७ रन दियो।

नेपालका लागि पहिलो विकेट करण केसीले लिए। करणले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहलाई बोल्ड आउट गरे। दोस्रो ओभरमा उनले मेडन राखे। १९ ओभरकाे समाप्तिमा करण र सुसन भारीले २-२ विकेट लिएका छन् भने एकजनालाई रनआउट गरिएको थियो।

करणले दोस्रो विकेट लिने क्रममा खबर अलीलाई पवेलियनको बाटो देखाएका हुन्। ३ ओभरमा उनले १ मेडन राख्दै १० रन दिए।

डेब्यु खेलमैं अभिनास बोहोराले पहिलो ओभरमा कुनै रन दिएनन्। 

तेस्रो क्रममा बलिङ गर्न आएका सन्दिपले २ ओभरमा ७ रन खर्चे। पहिलो ओभरमा ३ रन खर्चेका उनले दोस्रो ओभरमा ४ रन दिए।

Sushan Bhariसुसन भारी

याे पनि:
पहिलो ओभरमा करण केसीको दिलाए पहिलो सफलता 
अभिनाश र सुशनको ओडिआईमा डेब्यू, यस्तो छ नेपालको सुरुआती-११ 
त्रिकोणात्मक सिरिज : सुखद सुरुवातको आशामा नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .