ad ad

अटो


भारतीय अटो क्षेत्रले मार्चमा मात्रै गुमायो २ खर्ब बढी

भारतीय अटो क्षेत्रले मार्चमा मात्रै गुमायो २ खर्ब बढी

नेपालखबर
चैत २४, २०७६ सोमबार ८:२०,

कोरोना भाइरस संक्रमण रोक्नको लागि अधिकांश देश लकडाउनको अवस्थामा छन् । जसले सबै उद्योग तथा व्यापार बन्द भएको भएको छ।

भारत सरकारले पनि कोरोना भाइरसको महामारी रोक्नको लागि २१ दिनको लकडाउन लागू गरेको छ। भारतीय अटो उद्योग बन्दप्रायः अवस्थामा छन्।

भारतले ५.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो। तर लकडाउनका कारण ३.५ प्रतिशतमै सीमित हुने अनुमान गरिएको छ। आर्थिक वृद्धिदर घटाउनुमा अटो सेक्टरले पनि मुख्य भूमिका खेल्ने अनुमान गरिएको छ।

भारतिय अटो सेक्टरमा कोरोना भाइरसको कारण मार्च महिनामा मात्रै २ खर्ब रुपैयाँ बढी राजस्व मात्रै गुमाएको बताइएको छ। भारतमा लकडाउनका कारण मार्च महिनाभर करिब ८ लाख सवारी उत्पादक कम भएका छ।

अटो उत्पादक उद्योग बन्द हुँदा भारतमा मात्रै करिब १ लाख कार उत्पादन कम भएका छन् भने ५ लाख दुई पांग्रे सवारी उत्पादन कम भएको इकोनोमिक्स टाइमले उल्लेख गरेको छ।

अटो उत्पादक समाज भारतले भारतीय बजार एक दिन बन्द हुँदा २३ अर्ब भारतीय रुपैयाँ घाटा हुने बताएको छ। लकडाउनका कारण भारत सरकारले अप्रिल १ देखि लागू गर्ने भनेको बीएस ६ लाई पनि धक्का लागेको छ।

अधिकांश कम्पनी अप्रिलबाट बीएस ६ का गाडी बजारमा ल्याउनको लागि मिहिनेत गरिरहेका थिए। तर सबै उद्योग बन्द हुँदा बीएस ४ बाट बीएस ६ मा जान नसकिने अटो उत्पादकले बताएका छन्।

भारतमा अटो क्षेत्रमा परेको असर नेपालमा पनि देखिनेछ। नेपालमा आफ्नै अटो उत्पादन गर्ने उद्योग नभए पनि अटो बजार भने पूरै बन्द रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .