ad ad

अटो


हुन्डाईका गाडी अनलाइनबाटै बुकिङ गर्न सकिने, यस्ता छन् ‘क्लिक टु बुक’का फाइदा

हुन्डाईका गाडी अनलाइनबाटै बुकिङ गर्न सकिने, यस्ता छन् ‘क्लिक टु बुक’का फाइदा

नेपालखबर
असार २१, २०७७ आइतबार ७:५२,

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुण्डाई)ले हाल कोभिड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन ग्राहकहरुका लागि अनलाइनबाटै बुकिङ गर्न सकिने सुविधा सुरु गरेको छ।

यो सुविधामार्फत ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ।

लक्ष्मी हुण्डाईले हाल कोभिड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाइटबाट क्लिक टु बुक सेवाको सुरुवात गरिएको छ। ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणालीमार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्नेछन् ।

ग्राहकहरुले आफुलाई चाहिएको गाडी छनौट गरे पश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिनेछ । त्यसपछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जसको व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् र यसका साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टलमार्फत गर्न सक्नेछ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि गाडीको बुकिङका लागि अनलाइनबाट कोटेशन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन् अथवा प्रदान गरिएको भुक्तानी गेटवेमार्फत अनलाइन भुक्तानी गरी सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

हुण्डाईका गाडीहरु सधैं नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदै आएका छ। आफ्ना ग्राहकहरुलाई उत्कृष्ट र नौलो सेवा अनुभुती प्रदान गर्न लक्ष्मी हुण्डाई सधैं तत्पर रहेका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .