ad ad

कारोबार


यातायात व्यवसायीहरुद्वारा विदेशबाट ल्याइएकाहरुको भाडा विवरण माग

यातायात व्यवसायीहरुद्वारा विदेशबाट ल्याइएकाहरुको भाडा विवरण माग

नेपालखबर
असार २१, २०७७ आइतबार ७:३०,

यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन्।

महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत विभिन्न ठाउँमा पु¥याउने कार्यको व्यवस्थापन गर्ने भनेपनि विभागले आफुहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको बताए।

उनले होल्डिङ सेन्टरबाट बिना टेन्डर, विना कोटेशन र बिना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरितको भाडा लिएर ठगी गरिएको बताए। विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भएपनि आफुहरुले कुनै सूचना नपाएको रिजालले बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गरे। उनले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गरे। उनले सवारी उपलब्ध नभए विभागले जसरी पनि उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नु पर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी भने गराइएको बताए।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताए। उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाइयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरे । उनीहरुले सवारी साधन उपलब्ध गराउने विषयमा आफुहरुलाई सूचना नदिनुले ठूलै ठगी भएको स्पस्ट हुने बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .