ad ad

अटो


टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प भोलि सकिँदै, झण्डै ५ हजार गाडीले उठाए लाभ

टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प भोलि सकिँदै, झण्डै ५ हजार गाडीले उठाए लाभ

नेपालखबर
पुस ७, २०७७ मंगलबार ७:५६,

नेपालका लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले गरिरहेको ग्लोबल सर्भिस क्याम्प २०२० भोलि सकिने भएको छ।

उक्त क्याम्प गत मंसिर २८ देखि सुरु भएको थियो।

वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको ग्लोबल सर्भिस क्याम्प स्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै ग्राहक तथा कर्मचारीहरुलाई विशेष ध्यानमा राखी सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरपरिसर भित्र भीडभाड कम गर्न र भौतिक दूरी कायम गर्न सहज होस् भनेर ग्राहकहरुलाई अग्रिम बुकिङको पनि व्यवस्था गरिएको छ। ग्राहकले ९८०१२२३३४४ मा मिस्ड कल दिएर सजिलै अग्रिम बुकिङ गर्न सक्नेछन्।

tata global camp 9091

आजको मितिसम्म करिब ४ हजार ९ सय ९० वटाभन्दा बढी टाटा कमर्सियल गाडीहरुले यस ग्लोबल सर्भिस क्याम्पको लाभ उठाइसकेको सिप्रदीले जनाएको छ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .