ad ad

खेल


बार्सिलोना छाड्ने प्रयास असफल हुँदा सुरुवातमा मेरो खेल खस्कियोः मेस्सी

बार्सिलोना छाड्ने प्रयास असफल हुँदा सुरुवातमा मेरो खेल खस्कियोः मेस्सी

नेपालखबर
पुस ७, २०७७ मंगलबार ७:४५,

बार्सिलोना क्लब छाड्ने आफ्नो प्रयास असफल हुँदा आफ्नो खेल खस्किएको मेस्सीले स्पेनिस टेलिभिजन ला सेक्टासँग बताएका हुन्।

यद्यपी अहिले भने आफू राम्रो अवस्थामा भएको उनको भनाइ छ। मेस्सीले यसवर्षको अगष्टमा क्लब छाड्ने प्रयास गरेका थिए।

तर क्लबले ७ सय मिलियन युरो रिलिज क्लज प्राप्त गरेमात्र मेस्सी स्वतन्त्र हुनसक्ने बताएपछि उनी यस सिजन बार्साबाटै खेलिरहेका छन्।

‘मैले क्लब छाड्ने हरसंभव प्रयास गरे’ मेस्सी भन्छन्,‘सत्य यो हो कि अहिले म ठिक छु, तर समरमा मैले खराब अवस्थाको अनुभव गरे।’

मेस्सीले गत शनिबार मात्र भ्यालेन्सियाविरुद्ध गोल गर्दै एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको किर्तिमानीसँग बराबरी गरेका थिए। उनीहरु दुवैको समान ६४३ गोल छ।

मेस्सी र बार्साबीचको कन्ट्र्याक्ट सकिन लागेको छ। यसै जनवरी १ देखि मेस्सीले अर्को क्लब जान पाउनेछन्।

‘अहिले मैले राम्रो महसुस गरिरहेको छु र हाम्रो आगामी प्रतिस्पर्धासँग जुध्न म तयार छु’ मेस्सीले हालै भनेका छन्,‘मलाई थाहा छ क्लब संस्थागत स्तरमा अत्यन्तै गाह्रो अवस्थामा छ र बार्सा वरपर अहिले सबै कुरा गाह्रो छ, तर म उत्साहित छु।’

मेस्सीको यस भनाइले उनले बार्सा छाड्ने मनसायलाई त्यागेको बुझ्न सकिने विश्लेषकहरु बताउँछन्। बार्साले सिजनको सुरुवातमा क्लब छाड्न खोज्दा उनका समर्थकले मेस्सी क्लबमा हुनैपर्ने दबाब सिर्जना गरेका थिए।

चर्को दाबबपछि क्लबका प्रमुख जोसेप मारिया बार्टोमेउले पद नै छाड्नु परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .