ad ad

अटो


दि गो ई८ कार किन्ने ग्राहकलाई क्रिसमस अफर : ग्यालेक्सी एस२०देखि स्मार्ट एलईडी टिभीसम्म

दि गो ई८ कार किन्ने ग्राहकलाई क्रिसमस अफर : ग्यालेक्सी एस२०देखि स्मार्ट एलईडी टिभीसम्म

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ६:२३,

विद्युतीय गाडी विक्रेता दि गो ग्रुप अफ कम्पनिजले दि गो ई८ कार किन्ने ग्राहकका लागि विभिन्न क्रिसमस अफर ल्याएको छ।

दि गोले विद्युतीय कार ई८ खरिद गर्दा सामसङ ग्यालेक्सी एस२० प्लस स्मार्टफोन, ५५ इन्चको सामसङ स्मार्ट एलईडी टीभी, म्याकबुक एयर, क्यानन ८०डी क्यामेरा वा भाटभटेनी सपिङ भौचरमध्ये कुनै एक रोजेर लिनसक्ने बताएको छ।

दि गो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ। यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ।

दि गो ई८ कार हालै नेपालमा भित्रिएको इलेक्ट्रिक कार हो। यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ। दि गोको काठमाडौं उपत्यकासहित बुटवल, चितवनलगायतका सहरमा पनि उपस्थिति रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .