नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष जुलुससहित निर्वाचन आयोग पुगेको छ।
शुक्रबार बिहान माइतीघरको धर्नापछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु जुलुसहित निर्वाचन आयोग पुगेका हुन्।
नेकपाको विभाजनपछि आफूहरु आधिकारिक भएको दावी गर्दै प्रचण्ड–नेपाल समूहले २९० केन्द्रीय सदस्यको हस्ताक्षर बुधबार निर्वाचन आयोगको बुझाएको थियो।
नेकपाको केन्द्रीय समितिमा ४४६ जना रहेकोमा बहालवाला ४४१ रहेको र त्यसको दुई तिहाइभन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको सो समूहले निर्वाचन आयोगमा बुझाएको हो।
उनहरुले नेकपा नाम र चुनाव चिन्ह सूर्य आफूहरुले पाउनुपर्ने दावी गर्दै आएका छन्।
याे पनि : माइतीघरदेखि निर्वाचन आयोगसम्म : नेकपा प्रदर्शनका सात झलक (फोटोफिचर)
प्रतिक्रिया