ad ad

राजनीति


वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ६:३२,

वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित सरकारप्रति विश्वास नरहेको भनी ४५ जना सांसदले शुक्रबार बिहान सो प्रस्ताव दर्ता गरेका हुन्।

दर्ता प्रक्रियामा सहभागी एक सांसदले भने, ‘दर्ता भएको छ। हाम्रो दर्ता नम्बर १ हो, हामी अहिले यहिँ छौं।’

उनका अनुसार प्रदेश सरकारका तीन मन्त्रीले पनि राजीनामा दिएका छन्।

संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनाम दिएका छन्। आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वनमन्त्री अरुणकुमार नेपालले राजीनामा दिएका हुन्।

४५ जना सांसदको हस्ताक्षरसहित हेटौडामा अविश्वासको प्रस्ताव दर्ता भएका हो।

सभामुख र उपसभामुखसहित एक सय १० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

यो पनि:

प्रदेश सरकार ढाल्ने तयारीमा प्रचण्ड–नेपाल पक्ष, पहिलो निशाना प्रदेश १ र वागमती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .