ad ad

अटो


सिप्रदीको सर्टिफाइड ग्यारेज अब जोरपाटीमा पनि

सिप्रदीको सर्टिफाइड ग्यारेज अब जोरपाटीमा पनि

नेपालखबर
फागुन ३, २०७७ सोमबार १५:४५,

टाटा मोर्टसका ग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ सुविधा प्रदान गर्ने उदेश्यले सिप्रदी ट्रेडिङ प्रा. लि. ले काठमाडौंको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा वर्कशपको उद्घाटन गरेका थिए। ग्राहकहरुले टाटाका एस, पिकअप तथा विङर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ तथा मर्मतका सेवाहरु त्यस वर्कशपबाट प्राप्त गर्न सक्नेछन्।

उक्त वर्कशपमा टाटा योद्धाका ग्राहकहरुलाई निःशुल्क १४ प्वाइन्ट् चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरुको साथमा शनिवार पनि दिउसो १ः०० बजे सम्म वर्कशप खुल्ला रहने कमपनीले जनाएको छ।

त्यसैगरी काठमाडौँको चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपले पनि ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको सेवा सुविधाहरुमा विस्तार गरेको छ। टाटा योद्धाका ग्राहकहरुलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने उदेश्यले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ।

जस अन्तर्गत टाटा योद्धा गाडीहरुको निःशुल्क १४ प्वाइन्ट् चेक अप, ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरुलाई क्षतिपूर्तिको व्यवस्था, समायोजित तथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरुको स्पेयर पार्टस् उपलब्धताको साथमा शनिवार पनि वर्कशप खुल्ला रहने सेवा तथा सुविधाहरु रहेका छन्।

टाटा मोर्टस कमर्शियल गाडीको ग्राहक सेवा अन्तर्गतका कन्ट्रि मेनेजर समान्य दास तथा टाटा मोर्टस कमर्शियल भेइकल सेल्सका तुसार गुप्ताले संयुक्त रुपमा उक्त सेवा तथा सुविधाहरुको शुभारम्भ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .