ad ad

अटो


अनुमति नलिई सवारी चलाए दुई पाङग्रेलाई २ हजार र चार पाङग्रेलाई ५ हजार जरिवाना

अनुमति नलिई सवारी चलाए दुई पाङग्रेलाई २ हजार र चार पाङग्रेलाई ५ हजार जरिवाना

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १३:३०,

काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाका क्रममा अनुमति बिना सवारी साधन चलाए जरिवाना हुने भएको छ।

जेठ १४ गतेदेखि अनुमति नलिइकन सवारी चलाएमा कोभिड १९ संक्रमणका सम्बन्धमा हालै जारी भएको अध्यादेशमा भएको व्यवस्था अनुसार २ पाङग्रे सवारीसाधनलाई २ हजार रुपैयाँ र चार पाङग्रे सवारी साधनलाई ५ हजार जरिवाना गर्न सकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

साथै संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाखसम्म जरिवाना गर्ने र ६ महिनासम्म सेवा बन्द गर्न सकिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

सर्वसाधरण नागरिकको आवतजावतमा अत्यावश्यक सेवा बाहेक अन्य कामका लागि पूर्ण रुपमा रोक लगाइएको छ। मर्निङ वाक र इभिनिङ वाकलाई पनि बन्द गरिएको छ। त्यसैगरी अत्यावश्यक सामान किन्दा भौतिक दूरी कायम गरी मास्क लगाउनुपर्ने र सो नभए जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको छ। पहिलो पटक मास्क नलगाउनेलाई एक सय र अर्को पटक पनि नलगाएको पाईए पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना गरिने भएको छ।

सञ्चारकर्मीको हकमा सुचना विभागद्वारा जारी गरेको प्रेस पास र सो नभएको अवस्थामा सम्बन्धित मिडिया हाउसको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिएको पत्रको आधारमा सूचना संकलन र सम्प्रेषण गर्न दिइने भएको छ ।

साथै यसअघि जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायबाट जारी गरिएका पुराना पासहरुलाई रद्द गरिएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा थप कडाइका साथ आगामी २० गते सम्म निषेधाज्ञा थपिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .