ad ad

बागमती


क्रान्तिकारी देखिन एक्लै हिँडेर पुग्न खोज्ने गल्ती गरेका छैनौं : मेयर बालेन्द्र शाह

क्रान्तिकारी देखिन एक्लै हिँडेर पुग्न खोज्ने गल्ती गरेका छैनौं : मेयर बालेन्द्र शाह

नेपालखबर
साउन १२, २०७९ बिहिबार ७:५४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आलोचना र प्रशंसा सबैको स्वागत गरेर अघि बढ्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको जानकारी दिँदै मेयर बालेन्द्रले कार्यान्वयनका लागि सहकार्यको विकल्प नभएको बताएका छन्। 

बजेट निर्माण गर्दा महानगरका प्राथमिकता तय गरेको उनले बताएका छन्।

‘तत्काल परिवर्तन गर्ने आवेशमा र ‘क्रान्तिकारी देखिन’ सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिंडेर पुग्न खोज्ने गल्ती गरेका छैनौं,’ आफ्नो सामाजिक सञ्जालमार्फत मेयर बालेन्द्रले भनेका छन्, ‘पुराना किसिमका बजेटका शीर्षकहरुलाई यसपालि पनि निरन्तरता दिएका छौँ। र, भविष्यका लागि सकारात्मक आधार बन्ने केही नयाँ शीर्षकमा बजेट थपेका छौँ।’

महानगरवासी र महानगरका पनि सीमा र बाध्यता भएका उल्लेख गर्दै अहिलेको प्रमुख प्राथमिकता फोहोर व्यवस्थापन रहेको उनले बताएका छन्। 

‘अहिले फोहोर व्यवस्थापनलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ मेयर शाहको भनाइ छ, ‘शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरिय सेवा पुग्न सक्ने बनाउँन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .