ad ad

बागमती


चितवनमा ५८ हजार १२९ मतदाता थपिए

चितवनमा ५८ हजार १२९ मतदाता थपिए

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार ११:४९, चितवन

चितवन जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) का लागि एक साताको समय छुट्याएको छ। कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ। 

कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नामावली अद्यावधिक गर्न लागिएको हो। 

१३ गतेदेखि १५ गतेसम्म मतदाता नमावलीमा रहेको त्रुटि सच्याउने, झुटा विवरण दिई नामावलीमा नाम दर्ता गराएको भए उजुरी दिने, मतदाताको नाम एकभन्दा बढी जिल्लामा भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने छन्। 

यस्तै १३ गतेदेखि १६ गतेसम्म नागरिकता त्याग गरेका वा मृत्यु भएका मतदाताको नामावली हटाउन सूचना दिने, बसाई सरी अन्यत्र गएको, मृत्यु भएको, नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जीकाधिकारीबाट प्राप्त गर्न, १३ देखि १७ गतेसम्म उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका, रद्द भएका, बसाई सरी अन्यत्र गएका र मृत्यु भएका मतदाताको नामावली हटाउने निर्णय गर्ने छ। 

यस्तै १६ र १७ गते हटाउने निर्णय भएका नामावली हटाउने, १७ र १८ गते उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइका लागि आएका मतदाताको नाम हटाउने वा राख्ने निर्णय गर्ने, त्रुटि सच्याउने र नाम हटाइएको सूचना कार्यालयमा प्रकाशन गर्ने छ। 

जिल्लामा हाल चार लाख १२ हजार एक सय ६५ मतदाता छन्। विसं २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए। सो निर्वाचनमा भन्दा ५८ हजार एक सय २९ मतदाता थपिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .