काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
आइतबार बसेको महानगर कार्यपालिकाको बैठकले अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
महानगरका तर्फबाट मुद्दा मामिलाको प्रतिरक्षा गर्ने जिम्मा अधिवक्ता अर्याललाई हुनेछ। उनले महानगरलाई कानुनी परामर्श पनि दिनेछन्। अर्याल कारारमा नियुक्त भएका हुन्।
156
Shares
प्रतिक्रिया