ad ad

बागमती


काठमाडौं उपत्यकामा लागुऔषधसहित १५ जना पक्राउ

काठमाडौं उपत्यकामा लागुऔषधसहित १५ जना पक्राउ

फाइल फाेटाे


नेपालखबर
भदौ २१, २०७९ मंगलबार १६:२६, काठमाडौँ

काठमाडौं उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो। 

विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ। भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए। खनालका अनुसार प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार ४ सय रुपैयाँ छ। 

अवैध लागुऔषधसहित कारोबारमा सङ्लग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेको प्रहरीले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .