ad ad

बागमती


काठमाडौं महानगरमा अवैध संरचना हटाउन नागरिककै सहयोग

काठमाडौं महानगरमा अवैध संरचना हटाउन नागरिककै सहयोग

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ६:२२, काठमाडौँ

पछिल्लो समय काठमाडौँ महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन्। 

कामपाको भित्री वडाका नागरिकले यसअघि आफूले भोग चलन गर्दै आएका तर कानुनी आधार नभएका संरचना हटाउन थालेका हुन्। विशेषगरी असन, इन्द्रचोक, बाङ्गेमुढा, भेडासिंहलगायत स्थानका नागरिकले कानुनी आधार नभएका संरचना हटाएर कामपालाई सहयोग गर्न थालेका हुन्। 

“पहिलेजस्तो अटेर गर्ने बानीमा केही परिवर्तन आएको छ, अहिले केही स्थानमा नागरिकले नै कानुनविपरीतका संरचना हटाउन थालेका छन्, हाम्रो चाहना पनि त्यही नै हो”, कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने।

करिब एक महिनादेखि कामपाले अवैधरूपमा निर्माण गरिएका सबै संरचना हटाउने काम गरिरहेको छ। सो संरचना हटाउनुपूर्व कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। 

उक्त सूचनाको बेवास्ता गरेपछि कामपाले नक्साअनुसार निर्माण नभएका, नक्साअनुसार निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचनामाथि डोजर चलाउने काम गरिरहेको छ। कामपाले यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो। यस अवधिमा काठमाडौँ महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ। 

यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .