काठमाडौँमा काम गरिरहेका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच काठमाडौँ, चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटरमा अचानक आगलागी भएको छ। आगलागी हुँदा स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ। रासस
48
Shares
प्रतिक्रिया