भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। गएराति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको उनले बताए।
51
Shares
प्रतिक्रिया