ad ad

बागमती


बागमती प्रदेशः कांग्रेस संसदीय दलको नेता निर्वाचन हुँदै, लामा र बानियाँ गरे उम्मेदवारी दर्ता

बागमती प्रदेशः कांग्रेस संसदीय दलको नेता निर्वाचन हुँदै, लामा र बानियाँ गरे उम्मेदवारी दर्ता

नेपालखबर
पुस १३, २०७९ बुधबार १२:४, काठमाडौँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामा तथा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन्।

बानियाँको उम्मेदवारी दर्ताका लागि सांसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन्। त्यसैगरि लामाको दर्ताका लागि प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल , तिर्थ बहादुर लामा , रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन्।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ।

सहमति नजुटेपछि निर्वाचन
मंसिर ४ को निर्वाचन सकिए लगत्तै चर्चामा रहेको बागमती प्रदेशको मुख्यमन्त्रीको चर्चा कमाएको नेपाली कांग्रेसको भाग केन्द्रमा दोस्रो गठबन्धन बनेसँगै खोसियो।

पछिल्लो समय राजनीतिक घटनाक्रमले कोल्टे फेर्यो। कांग्रेसको मुखमै आइसकेको गाँस खोसिदाँ अब कांग्रेस प्रतिपक्षमा बस्न बाध्य देखिन्छ। जो संसदीय दलको नेता उहि प्रदेशको मुख्यमन्त्री हुने मान्यताका कारण एकै गुटका नेताहरुबीचमा पनि निर्वाचन गर्ने सहमती भएको थियो।

तर अब कांग्रेसको सरकार बन्ने अंकगणित नै परिवर्तन भएपछि पनि निर्वाचन प्रदेशमा कांग्रेसकै सरकार बन्न सक्ने भन्दै निर्वाचन प्रणाली मार्फत नै संसदीय नेता चयन गर्न लागिएको छ। 

सत्तापक्षमा नै रहेका लामा बानियाँ बीचमा सहमती हुन नसक्दा अन्ततः निर्वाचन प्रणाली मार्फत संसदीय नेता चुन्न लागिएको हो।

अहिलेको अवस्थालाई मात्रै मध्यनजर गरेर नहुने बताउँदै बानियाँले भने, ‘हामी लोकतान्त्रिक पार्टी भएकोले निर्वाचन प्रणली हुनु कुनै ठुलो बिषय होइन। सकेसम्म सहमतीमा जाऔं भन्ने त भैहाल्छ। तर राजनीतिमा कुनबेला के हुन्छ थाहा हुँदैन। त्यसैले अहिलेको अवस्थामा पनि कांग्रेस संसदीय दलको नेताको बिषय महत्वपूर्ण छ।’

केन्द्रलाई हेरेर अहिलेनै प्रदेशमा निराश हुनुपर्ने बेला आइनसकेको भन्दै बानियाँले प्रदेशको अंकगणित अनुसार कांग्रेसको सरकार बन्न सक्ने शंका व्यक्त समेत गरे। यता, अर्का उम्मेदवार नुवाकोटबाट निर्वाचित भएका बहादुर सिंह लामा पनि निर्वाचन प्रणालीले आफूलाई घाटा नगर्ने दावी गर्छन्। 

बागमती प्रदेश सभामा कांग्रेसले ३७ सिट जितेको छ।

जसमध्ये संसदीय नेतामा निर्वाचित हुन १९ सांसदको मत आवश्यक पर्छ। लामालाई जिल्ला सभापतिहरुको साथ रहेको छ भने लामालाई केन्द्रीय सदस्यहरुको साथ छ।

यद्यपी, संसदीय नेतामा कसले बाजी मार्लान् त्यो भने अबको केहि समयमा थाहा हुनेछ। मतदान प्रक्रिया आज दिउँसो २ बजेदेखि सुरु हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .