ad ad

बागमती


‘प्रदेश सभा भवन आपांगमैत्री नभएकोमा दु:ख लाग्यो’

‘प्रदेश सभा भवन आपांगमैत्री नभएकोमा दु:ख लाग्यो’

नेपालखबर
पुस १४, २०७९ बिहिबार १८:३७, हेटाैँडा

प्रदेश सभा सदस्यमा रामेछाप जिल्लाबाट राप्रपाको समानुपातिक तर्फबाट निर्वाचित भएर आएकी लक्ष्मी घिमिरेको कम्मर भन्दा तलको भाग चल्दैन।

उनी शपथ लिन बिहीबार ह्विल चियरकै साहारामा प्रदेशको राजधानी हेटौंडामा रहेको बागमती प्रदेश सभा भवनमा आइपुगेकी थिइन्।

प्रदेश सभा भवन अपांगमैत्री बनाउनको लागि केही दिन अगाडि राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले प्रदेश सभा सचिवालयलाई ध्यानाकर्षण नै बुझाएको थियो। तर ध्यानाकर्षण गराउँदा पनि आफूलाई सभा कक्षसम्म पुग्न समस्या भएको भन्दै घिमिरे निराश बनिन्।

आफू अपांगता भएकै कारण प्रदेश सभाको बैठकमा पनि अपांगता भएकाहरुको अधिकारको निम्ति आवाज उठाउनका लागि आएको लक्ष्मीले बताइन्।

उनले भनिन्, ‘पहिलो दिनमा नै शपथ खान बैठक कक्षसम्म पुग्न मलाई कति गाह्रो भयो। केही दिनअघि अपागं महासंघले यसको तयारी गर्नका निम्ति ध्यानाकर्षण समेत गराएको थियो। तर अलिकति पनि पालना नभएको देख्दा दुःख लागेर आयो।’

पहिलो दिनमै यति कष्ट भोग्न परेको भन्दै उनले अपांगता भएकाहरुको लागि सबै कुरामा असहज भोग्न पर्दा मन खल्लो भएको गुनासाे पाेखिन्।

सरकारी संरचना त्यसमा पनि प्रदेशभरको कानुन निर्माण गर्ने थलोमा समेत सांसदलाई नै अपांगमैत्री संरचना निर्माण नगरिनुले दुःख लागेको बताउँदै सार्वजनिक स्थलहरु अपांगमैत्री बनाइनुपर्ने अबको आफ्नो मुख्य एजेण्डा रहने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .