नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन्। जमरकट्टेलको नाम सर्वसम्मतिले पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले नेपालखबरलाई जानकारी दिए।
‘सर्वसम्मतीले उहाँ(शालिकराम जमरकट्टेल)को नाम चयन भयो। चुनावमा जान अन्य सदस्यहरुले मान्नुभएन।’ दुलालले भने।
प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।
शालिकराम यसअघि पनि दलको नेता थिए ।
सहयात्रीले असहमतिकाबीच उनको नाम पारित भएपछि असहमति जनाएका छन् ।
जम्मकट्टेल एमाले–माओवादीको गठबन्धनमा पनि मुख्यमन्त्रीकै दाबेदार रहेका छन्।
उनी प्रदेश सरकार गठन भएदेखि प्रायः सत्तामै छन्। अघिल्लो कार्यकालमा एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए।
प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न खोजेका थिए। तर, मुख्यमन्त्रीका रूपमा दाबी गर्न पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको माओवादी नेताहरू बताउँछन्।
Shares
प्रतिक्रिया