बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाल किसान मजदुर पार्टी (नेमकिपा) ले विश्वासको मत नदिने भएको छ।
मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदै छन्। जसमा नेमकिपा विपक्षमा मत दिने भएको हो।
‘हामी केन्द्रमा पनि प्रतिपक्षमा छौं। प्रदेशको पहिलो कार्यकालमा पनि सरकारमा सहभागी हुने, विश्वासको मत दिने काममा लागेनौं। दोस्रो कार्यकालमा पनि ६ वटै दलहरुले विश्वासको मत दिए भने पनि नेमकिपाले दिँदैन,’ बागमती नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँले नेपालखबरसँग भने।’
उनका अनुसार एक्लै प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरे पनि नेमकिपा तयार छ।
अघिल्लो कार्यकालमा २ सिट रहेको नेमकिपाको यो कार्यकालमा ३ सिट छ। ११० सदस्यीय रहेको बागमती प्रदेशसभामा एमालेका २७, कांग्रेसका ३७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ र नेमकमिपा ३ जना सांसद छन्।
Shares
प्रतिक्रिया