बिहीबार दिनभर सम्पर्कविहीन भएको नागरिक उन्मुक्ति पार्टीले अन्तिमम सुदूरपश्चिममा एमाले-माओवादी केन्द्र गठबन्धनलाई समर्थन गरेको छ।
नागरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा दाबी पेश गर्न तयार नेकपा एमालेको सम्पर्कमा नआएपछि तनाव भएको थियो।
बिहीबार बिहानदेखि नागरिक उन्मुक्ति नआएपछि एमाले प्रदेश प्रमुखसमक्ष दाबी गर्न जान सकेको थिएन। तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको साँझ ५ बज्न नपाउँदै एमालेलाई समर्थन मिलेको हो।
नागरिक उन्मुक्तिले रेशम चौधरी रिहाइको लिखित प्रतिवद्धता नपाएसम्म समर्थन नगर्ने अडान लिएको थियो। अब उसले समर्थन गरेपछि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल २९ जन प्रदेशसभा सदस्यको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखकहा गएका छन्।
शीर्श तहमा माघ महिनाभित्र आवश्यक प्रक्रिया मिलाएर चौधरीलाई रिहाइ गर्ने प्रतिवद्धता आएपछि नागरिक उन्मुक्तिले समर्थन गरेको हो।
एमाले संसदीय दलका नेता राजेन्द्र रावल २९ सांसदको समर्थन लिएर दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ गएका छन।
सुदूरपश्चिम प्रदेशमा अहिले सरकार गठबनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।
यो प्रदेशमा नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन्। उसले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगरे सरकार बन्न सक्दैनथ्यो।
यहाँ नयाँ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकसहित २९ प्रदेश सभा सदस्य छन्।
अर्कातिर यहाँ कांग्रेस सबैभन्दा ठूलो दल छ। उसका १९ सांसद छन्। अर्कातिर एकीकृत समाजवादी पार्टीका चार र एकजना स्वतन्त्र सदस्य छन्।
यस्तोमा यहाँ मुख्यमन्त्रीका लागि विश्वासको मतका लागि २७ सदस्य चाहिन्छ। अहिले माओवादी र एमाले मिल्दा २१ जना हुन्छन्।
त्यस्तै राप्रपाका एक जोड्दा २२ हुन्छ। तर नागरिक उन्मुक्तिले साथ नदिँदा अझै ५ सांसद गठबन्धनलाई पुग्ने थिएन।
Shares
प्रतिक्रिया