बागमती प्रदेश सभाको नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनियताको शपथ लिएका छन्। सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका हुन्।
आजै भएको निर्वाचनमा उनले ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी भएका हुन्।
सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद स्जिना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए।
सभामुखमा विजयी भएका थापा समानुपातिक सांसद हुन्।
११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।
जसमध्ये विजयी भएका पाठकलाई एमाले, राप्रपा, माओवादी, हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।
शपथ ग्रहणपछि आज नै प्रदेश सभाको दोस्रो बैठक पाठकले सञ्चालन गर्ने कार्यसूची रहेको बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
Shares
प्रतिक्रिया