ad ad

समाज


समर्थकलाई धन्यवाद दिँदै बाबुआमासँग घरतिर लागे सन्दीप

समर्थकलाई धन्यवाद दिँदै बाबुआमासँग घरतिर लागे सन्दीप

जेलबाट रिहा भएपछि सन्दीप। तस्बिर : उजिर कार्की/नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १५:२५, काठमाडौँ

केन्द्रीय कारागार सुन्धाराबाट ९९ दिनमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेले छोटो प्रतिक्रिया दिएका छन्। 

कारागार परिसरबाहिर केहीबेर समर्थकसँग खुसी साटेर उनी बुवाआमासँग कारमा घरतिर लागेका हुन्। 

सन्दीपलाई लिन उनले नै यसअघि चढ्दै आएको ग३च ६६८४ नम्बरको सेतो कार लिएर बाबुआमा कारागर परिसर पुगेका थिए।

पहेँलो ज्याकेट र पहेँलै स्कार्पमा देखिएका सन्दीप कारागार परिसरबाट खुसी मुद्रामा निस्किएका थिए। 

उच्च अदालत पाटनको आदेशअनुसार सन्दीपका दाजुले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .