बागमती प्रदेश सरकारले आज (बुधबार) पूर्णता पाउने भएको छ।
मंगलबार मन्त्रालय निर्धारण कार्य समितिले मुख्यमन्त्री जम्मकट्टेल समक्ष ११ मन्त्रालयको प्रतिवेदन पेश गरेपछि मन्त्रालय टुंगो लगाउन हिजो साँझै क्याबिनेट बैठक बसेको थियो।
सो बैठकपछि आज दिउँसो २ बजे बागमतीका बाँकी ८ मन्त्रीलाई सपथ ग्रहण गराउने अर्थ मन्त्री एवंम् सरकारका प्रवक्ता जगन्नाथ थपलियाले नेपालखबरलाई जानकारी दिए।
सरकारलाई समर्थन गरेको कांग्रेस बाहेक ५ राजनीतिक दलहरू सरकारमा जान चाहेको बताए पनि निस्वार्थ समर्थन गरेको भन्दै थपलियाले एमाले, माओवादी र राप्रपा गरेर तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताए।
कुन मन्त्रालय कसलाई भन्ने कुरा प्रष्ट्याउन नचाहेका उनले दलको शक्तिको आधारमा भागबण्डा मिलाउने तयारी भइरहेको बताए।
प्रदेशमा नेतृत्व गरेका ७ दलहरूमध्ये मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेमकिपा बाहेक ६ दलले समर्थन गरेका थिए।
त्यसमध्ये कांग्रेस र नेमकिपा बाहेकका ५ दलहरु एमाले, माओवादी, राप्रपा, हाम्रो नेपाली पार्टी र नेकपा एकीकृत समाजवादीले मन्त्रालयमा दाबी गरिरहेका छन्।
तर, प्रवक्ता थपलियाको अनुसार हाम्रो नेपाली पार्टी र नेकपा एसले मन्त्रालय नपाउने निर्णय गरिएको छ। कुन दललाई कति मन्त्रालय भन्ने नखुलाए पनि दाबी अनुसार एमालेले ५, माओवादीले ४ र राप्रपाले २ मन्त्रालय पाउन सक्ने स्रोतले बताएको छ।
११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ
Shares
प्रतिक्रिया